सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र भारत खेल्दै

प्रकाशित समय: आइतवार, १० : ३७ बजे आश्विन २४ गते



साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र भारत खेल्दै

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९ः ४५ मा सुरु हुनेछ । 

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन । तर, सुरुवाती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ । प्रतियोगितामा नेपाल २ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।