सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

ह्वात्तै बढ्यो दशैं सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या 

प्रकाशित समय: बिहिवार, १० : ३६ बजे आश्विन २१ गते



ह्वात्तै बढ्यो दशैं सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या 

काठमाडौं । दशैं सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या बढेको छ । हिजो ४२ हजार ४ सय ६० जना काठमाडौं बाहिर गएकोमा गत २४ घण्टामा यो सङ्ख्या बढेको छ । गत २४ घण्टामा ४८ हजार ९ सय ८१ जना काठमाडौं बाहिर गएको प्रहरीले जानकारी दिएको छ ।

दशैंका लागि गृह जिल्ला जानेको सङ्ख्या बढेकाले यो सङ्ख्या अझै बढ्दै जानेछ । यस्तै गत २४ घण्टामा काठमाडौंँ भित्रनेको सङ्ख्या पनि बढेको छ । गत २४ घण्टामा ४१ हजार ३९ जना काठमाडौँ भित्रिएका छन् । हिजो ३६ हजार ६ सय  ६५ जना काठमाडौं आएका थिए ।