काठमाडौं । बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढेको छ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको प्रदेश सरकारले जनाएको छ। संघीय सरकारले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको थियो ।
त्यसपछि, यातायात व्यवसायीले प्रदेश सरकारले पनि भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए । हिजो बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले सुचना जारी गरि भाडा बढाइएको जानकारी गराएको हो ।
भाडा बढाउनुपर्ने माग राखि यातायात व्यवसायीहरुले विरोध गर्दै आएका थिए । संघीय सरकारले भाडा समायोजन गरिसकेको र व्यवसायीले पनि दबाब दिन थालेपछि प्रदेश सरकारले भाडा समायोजन गरेको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ