अनोज रिजाल, खोटाङ्ग – नेपाली कांग्रेस प्रदेशसभा ख का उम्मेदवार सुवास पाेखरेलले पुर्वकाे पशुपतिनाथ भनेर चिनिने हलेसीधाम महादेवलाई विश्वसम्पदा सूचीमा राख्ने बताउनुभएकाे छ ।
हलेसी तुवाङचुङ नगरपालिकामा अायाेजित चुनावी आमसभालाई सम्बाेधन गर्दै पाेखरेलले हलेसीधामकाे पहिचान विश्वसामु पुगेकाे र याे सम्पूर्ण खाेटाङेवासीकाे लागि गर्वकाे कुरा हुनाले याे मन्दिरलाई विश्वसम्पदा सुचीमा राख्न पहल गर्ने बताउनुभएको हाे ।यहाँ विश्वका भारत, चिन, थाइल्याण्ड, अमेरिका, म्यानमार लयागत ५० मुलुकबाट पर्यटक आउने गर्दछन् ।
हिन्दु, किराँत र बौद्धको सौमार्गीको संगमस्थल मानिने यस धामलाई धार्मिक पर्यटकीय स्थलकाे रुपमा विकास गर्न पनि अाफु सदैव लागिपर्ने पाेखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
यस नगरपालिकामा भएको खानेपानीको समस्यालाई समाधान गर्न लिफ्टिङ्गको व्यवस्था गरि हलेसी तुवाचुङ्ग नगरपालिकालाई हराभरा बनाउने अाफ्नाे ठुलाे उद्देश्य रहेकाले यसमा साथ दिन उहाँले सम्पूर्ण खाेटाङवासीलाई अाग्रह गर्नुभयाे ।
पोखरेलले विषेश गरेर हलेसी मन्दिरको पहिचानमा जोड दिदै त्यस नगरपालिकामा सिचाईको व्यवस्था गर्न अाफु सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ