काठमाडौं, २० असोज । भोलिदेखि कात्तिक ३ गतेसम्म सर्वोच्च अदालतसँगै देशैभरका अदालत बन्द हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूको हिजो बसेको पूर्णबैठकले सो निर्णय गरेको हो । सर्वोच्च अदालतमा घटस्थापनादेखि दशैं बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन । बैठकले दशैं बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको रोस्टर पनि टुंगो लगाएको छ । न्यायाधीशहरूसँग छलफल गरी बारअनुसार न्यायाधीशको टुंगो लगाइएको छ । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ