सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

आईपीएलमा आज बैंगलोर र हैदराबाद्बीच प्रतिस्पर्धा हुने

प्रकाशित समय: बुधवार, ०९ : २० बजे आश्विन २० गते



आईपीएलमा आज बैंगलोर र हैदराबाद्बीच प्रतिस्पर्धा हुने

काठमाडौँ।ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जस् बैंगलोर र सनराइर्जस हैदराबाद्बीच प्रतिस्पर्धा हुने भएको छ ।

 

दुबईको शेख जायद क्रिकेट मैदानमा खेल बेलुका पौने ८ बजेबाट सुरु हुनेछ । गएराति भएको खेलमा भने मुम्बई इन्डियन्सले जित निकालेको छ । सारजाहमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । यस जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायम राखेको छ । मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान १० अंक जोडेर सातौँ स्थानमा रहेको छ ।