सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

विकास र परिवर्तनको संवाहकको रुपमा स्विकार्न खोटाङवासीलाइ पोखरेलको अनुरोध

प्रकाशित समय: शनिवार, ०८ : ०६ बजे मंसिर २ गते



विकास र परिवर्तनको संवाहकको रुपमा स्विकार्न खोटाङवासीलाइ पोखरेलको अनुरोध

खोटाङ संवाददाता अनाेज रिजाल
 

खोटाङ, आफुलाई विकास र परिवर्तनको संवाहकको रुपमा स्विकार्न खोटाङका मतदातालाई नेपाली कांग्रेस खोटाङ प्रदेश सभा (ख) का उम्मेद्वार सुवास पोखरेलले अनुरोध गर्नुभएको छ ।

खोटाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफु काममा सधै विश्वास गर्ने हुनाले जिल्लाको विकासको लागि आफु सधै लागिपर्ने बताउनुभयो । खोटाङका आफ्नै विषेश समस्या र चुनौतीहरुलाई आफुले र विशेषज्ञहरु मार्फत अध्ययन गरेको र समस्या समाधानका उपाय र योजना बनाएकाले आफुलाई मत दिई विजयी गराउन पोखरेलले मतदाता समक्ष आग्रह गर्नुभयो ।

 

आफु कार्यान्वयन गर्ने नितिगत तहमा पुग्ने अवसर आम मतदाताले दिएमा यस प्रदेशको समस्या समाधानतर्फ आफु सदैव कटिबद्ध भएर लाग्ने प्रतिबद्धता पोखरेलले व्यक्त गर्नुभयो । उहाँले खोटाङ जिल्लामा रोजगारी सृजना गरी पाँच वर्षमा वैदेशिक रोजगार रोक्न आफ्नो पहलकदमी हुने बताउनुभयो । साथै आफ्नो प्रदेशको विकासका लागि पोखरेलले २५ बुँदे प्रतिबद्धतापत्र तथा कार्यायोजना बनाउनुभएको छ ।

 

जसमा विश्वविद्यालय, प्राविधिक शिक्षालाई व्यापकता, सामाजिक पहिचानको जगेर्ना, अस्पतालको व्यवस्था तथा स्वास्थ्य बिमा लागू, वडा स्तरीय सडक सञ्जालमा सुधार, मध्यपहाडी लोकमार्ग एकवर्षमा पिच गर्ने तथा खोटाङमा चक्रपथ निर्माण अभियान, दुधकोसी, सुनकोसी, रावा, साप्सु र सावा नदीको किनारमा करिडोर बिस्तार साथै यी नदीमा हाइड्रोपावर तत्काल बिस्तार गर्ने, हलेसी, तुवाचुगं, नुनथला, मौरेथुम लगायत क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, जिल्लामा खानीहरुको पहिचान गरी उत्खनन गर्ने, प्रत्येक वडामा सहकारीको विकास गरी वित्तिय संस्था मार्फत सहज रुपमा विनाधितो ऋण प्रवाह, उद्यमशीलताको विकास गरी उत्पादित वस्तुलाई बजारको पहुँचसम्म पु¥याउने, सबै वडामा एक घर एक धाराको पु¥याउने,प्रदेश सभा १ को नमूना जिल्ला बनाउने लगायत प्रतिबद्धता पत्रमा उल्लेख छ ।