सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

वर्षाका कारण काठमाडौं र पोखराबीचको खेल स्थगित

प्रकाशित समय: मगलवार, ०५ : ०५ बजे आश्विन १२ गते



वर्षाका कारण काठमाडौं र पोखराबीचको खेल स्थगित

काठमाडौँ, १२ असोज।चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत काठमाडौं किङ्स-११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको छ ।

 

टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो ।आइतबारबाट लगातार परेको वर्षा र मंगलबार पनि वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेको हो ।काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित भएको हो ।  काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२:१५ बजे सुरु हुने तालिका थियो ।

वर्षाको कारण सोमबार दुई खेल स्थगित भएको थियो । सोमबारको खेल अर्को मितिमा हुनेछ।