सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

कांग्रेसका प्रभावशाली नेता डा शेखर सेफ जोनमा

प्रकाशित समय: सोमवार, ०७ : ३८ बजे कार्तिक २७ गते



कांग्रेसका प्रभावशाली नेता डा शेखर सेफ जोनमा

मोरङ।नेपाली कांग्रेसका प्रभावशाली नेता  तथा मोरङ क्षेत्र न ६ का उम्मेदवार डा शेखर कोइरालाले प्रतिस्पर्धी वामगठबन्धन भन्दा निकै बलियो देखिएका छन । 

 

मोरङ ६ का कांग्रेसका उम्मेदवार  डा कोइरालालालाई  कांग्रेस सहित  अन्य दलहरुको मत थपिन भएपछि उनी सेफ जोनमा छन  । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने क्षमता बोकेका  कोइरालालाई यस क्षेत्रका मतदाताले भविश्यको प्रधानमन्त्रीको रुपमा लिन थालेकोले आशा र भरोस उनीमाथी बढदै गएको हो  ।

 

कांग्रेसको प्रभाव क्षेत्र रहेको र फोरम लोकतान्त्रिक समेत कांग्रेसमा एकिकरण भएपछि  मोरङ ६  सेफ जोनमा परेको छ । कोइरालाको उम्मेदवारी पछि निष्पक्ष र तटस्थ बसेका मतदाताहरु खुलेरै चुनावी अभियानमा सक्रृय  हुन थालेका छन । विभिन्न दल त्याग गरि १ हजार भन्दा बढी कांग्रेसमा प्रवेश गरिसकेकोले  कोइरालाको पल्ला निकै भारी बन्दै गएको  हो  ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले क्षेत्र न  ६ वाट कांग्रेसका उम्मेदवार कोइरालालाई समर्थन गर्ने बताएपछि प्रतिस्पर्धी वामगठबन्धन भन्दा उनको ठूलो मत अन्तरलाई चिर्न फलामको च्यूरा चपाए जस्तै हुने राजनीतिक बिशलेषकहरु  बताउँछन । राप्रपा मोरङका अध्यक्ष माधवराज आचार्यले केही दिन अघि मोरङ ६ मा प्रतिनिधि सभाको लागी कांग्रेसका उम्मेदवार डा कोइरालालाई समर्थन गर्ने बताएका थिए  ।

 

स्थानीय निर्वाचनको  मत आकलनमा पनि कांग्रेसले सवैभन्दा बढी मत प्राप्त गरेको मोरङ ६ हो  । कांग्रेसले १९ हजार ७ सय , एमालेले १८ हजार ५२ , माओवादी केन्द्रले ८ हजार २ सय ८२ र फोरम लोकतान्त्रिकले ७ सय ८ सय ७० मत र राप्रपाले २ हजार ७ सय ६२ मत प्राप्त गरेको थियो । काग्रेस गठबन्धनमा फोरम लोकतान्त्रिक र राप्रापा सहितको कुल ३० हजार ३ सय ३२ मत देखिएको छ  ।

 

वामगठबन्धनमा एमाले र माओवादी केन्द्रको कुल २६ हजार ३  सय ३४ देखिन्छ । मोरङ ६ मा थपिएको नयाँ सुन्दर हरैचा नगरपालिकामा कांग्रेसको वाहुल्यता छ । यस नगरपालिकाबाट कांग्रेसले ८ हजार ४ सय ६२ मत , एमालेले ७ हजार १ सय ८३ , माओवादी केन्द्रले १ हजार ९ सय २१ मत पाएको थियो ।

 

यस्तै वुढीगंगा गाउपालिकामा कांग्रेसले ४ हजार ४ सय ३५ , एमालेले ४ हजार २ सय ६१ , फोरम लोकतान्त्रिकले ५ हजार १ र माओवादी केन्द्रले २ हजार २ सय १३ मत प्राप्त गरेको थियो । त्यस्तै विराटनगर महानगरपालिकाको  ४ ,५,६,७,९, ११ र १२ बाट कांग्रेसले ६ हजार ८ सय ३ , एमालेले ६ हजार ६ सय ८ , माओवादी केन्द्रले ४ हजार १ सय ४० र राप्रपाले २ हजार २ सय १७ मत प्राप्त गरेका थिए । फोरम लोकतान्त्रिकले २ हजार ८ सय ३२ र संघीय समाजवादी फोरमले ३ हजार ३ सय ७० मत ल्याएका थिए ।