सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १४ बैशाख २०८३ / Monday, 27 April 2026

आज देखि माओवादी छोडेर कांग्रेसमा

प्रकाशित समय: मगलवार, ०७ : ५१ बजे कार्तिक २१ गते



आज देखि माओवादी छोडेर कांग्रेसमा

ललितपुर २० कार्तिक ,मंसिर २१ गते हुने प्रतिनिधिसभाको र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा नेपाली कांग्रेसमा प्रवेश गर्नेको रहर बढ्दै गएको छ ।

चुनाव प्रसार प्रसारलाई तिब्र बनाउदै लगेको कांग्रेसले आज महांकाल गाउँपालिका दुई मानिखेल मा भएको वडा द्वारा आयोजित पिकनिक कार्यक्रममा माओवादी र एमाले परित्याग गरि एक दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।माओवादी केन्द्रका सुभद्रा खत्री केसी, राजकुमार खत्री केसी, राप्रपाबाट उमेश महत, राजकुमार महत, राजु महत, मदन सिंगार लगायत रहेका छन्। ललितपुर क्षेत्र नं एकका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणा तथा प्रदेश सभाका उमेदवार ऋषिराम घिमिरेले उनीहरुलाई टिका र खादा लगाएर नेपाली कांग्रेसमा प्रवेश गराएका हुन्।

 

महांकाल गाँउपालिका अन्तर्गत चुनाव प्रचार प्रसार केन्द्र गठन गर्ने क्रममा बोल्दै लोकतन्त्र संस्थागत गर्नको लागि समृद्धि र विकासको लागि नेपाली काङ्ग्रेस पार्टी भएको बताएका छन्।

त्यस्तै प्रदेश सभाका उमेदवार ऋषिराम घिमिरेले यस क्षेत्रमा विकास गर्ने भनेको कांग्रेस पार्टी र हामी नै हो भनेका छन्। कार्यक्रममा नेपाली कांग्रेसका अग्रज नेता मात्र प्रसाद घिमिरे समानुपातिकतर्फका उम्मेदवार सानुकान्छा मोक्तान क्षेत्रीय सभापति राजन घिमिरे जिल्ला सदस्य वरिष्ठ अधिकारीले पनि चुनावी अभियानका कुरा राख्नुभयो।

 

कार्यक्रममा बरिष्ठ लोकगायिका राधिका हमालले सांगीतिक कार्यक्रम प्रस्तुत गरी नेपाली कांग्रेसलाई जिताउनु अपरिहार्य भएको भन्दै नेपाली कांग्रेसका गीतहरु पनि प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपस्थित भेलाले आमन्त्रित जिल्ला सदस्य ऋषिदेव फुँयालकाे संयोजकत्वमा महांकाल चुनाव प्रचार प्रसार उपकेन्द्र गठन गरेको छ।