सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

राप्रपाका उपाध्यक्ष सहित पुरै वडा कांग्रेसमा प्रवेश

प्रकाशित समय: शुक्रवार, ०९ : २४ बजे कार्तिक १७ गते



राप्रपाका उपाध्यक्ष सहित पुरै वडा कांग्रेसमा प्रवेश

ललितपुर १७,कार्तिक। राप्रपा ललितपुरका उपाध्यक्ष सहित पुरै वडा नेपाली कांग्रेसमा प्रवेश गरेको छ।

गोदावरी न पा साबिक गोदामचौर गाविस वडा नम्बर ७ निवासी उपाध्यक्ष जिबन थापा लगायत माओवादी केन्द्रका नेता-कार्यकर्ता नेपाली कांग्रेसमा समाहित भएको हो। उहाँ ललितपुर जिल्लाका पूर्व जिल्ला सभापति भोला थापाका छोरा हुनुहुन्छ।

त्यस्तै माओवादी केन्द्रका नेता देव कुमार थापा लगायत ३० जनाभन्दा बढी नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। वहाँहरुलाई माननीय अर्थ राज्यमन्त्री एवं ललितपुर क्षेत्र नं १ प्रतिनिधि सभाका उमेदवार तथा ललितपुर क्षेत्र नम्बर १ प्रदेशसभा क का उम्मेदवार ऋषिराम घिमिरे ले पार्टी प्रवेश गराउनु भएको हो।

हाल उक्त वडा गोदावरी नगरपालिका वडा नम्बर १ मा पर्दछ।