सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

नयाँ शक्तिकाे ललितपुरमा उमेदवारी घोषणा

प्रकाशित समय: शुक्रवार, ०८ : ४५ बजे कार्तिक १० गते



नयाँ शक्तिकाे ललितपुरमा उमेदवारी घोषणा

कार्तिक १०, ललितपुर। नयाँ शक्ति पार्टीले आगामी हुने प्रदेश र प्रतिनिधि सभाको लागि ललितपुर बाट उम्मेदवारी घोषणा गरेको छ।

पार्टीप्रति उत्साहजनक लहर देखिएको भन्दै ललितपुरमा पनि प्रदेश र केन्द्र सभाका लागि उम्मेदवारी घोषणा गरेको ललितपुर क्षेत्र नम्बर एकका प्रत्यक्ष तर्फका उम्मेदवार सनाेद कुमार महतले बताउनुभयो ।

 

नयाशक्ति पार्टिका केन्द्रिय संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको प्रमुख आथित्यतामा लगनखेलमा भएको उम्मेदवारी घोषणा सभामा ललितपुर तीनओटै क्षेत्र र प्रदेशसभाका उम्मेदवारहरूको नाम घोषणा गरिएको थियो। 

ललितपुर क्षेत्र नम्बर १ बाट सनाेद कुमार महत २ बाट रत्न महर्जन ३ बाट दल ब. लिम्वु समानुपातिकतर्फ मदन महर्जन, इन्द्रकुमारी गुरुङ,इसुजंग कार्की रहेको छ।

त्यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ क बाट दीपक लामा २ काे क चक्र बहादुर महर्जन, ख लक्ष्मी कुमारी श्रेष्ठ, क्षेत्र नम्बर तीनको क विनाेद महर्जन, ख मा ईश्वर श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।

समानुपातिकतर्फ सुफेश अधिकारी, शान्ति गोले र राधेश्याम पाेडेकाे नाम घोषणा भएको छ ।