सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

कोन्ज्योसोमका माओवादी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश

प्रकाशित समय: बुधवार, ०६ : २७ बजे कार्तिक ८ गते



कोन्ज्योसोमका माओवादी  एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश

कोन्ज्योसोम गाउँपालिका अन्तर्गत पर्ने भारदेउ गाउँबाट तीन दर्जनभन्दा बढी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि वाम गठबन्धन भइरहेको बेला माओवादी केन्द्र र एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पछिल्लो समयमा वाम गठबन्धनको नाममा वाम शक्तिहरुले आतंक मच्चाउन थालेपछि वाक्क भएका माओवादी केन्द्रका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका हुन्।

उनीहरुले नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धन शक्तिलाई बलियो बनाउन भन्दै कांग्रेसमा प्रवेश गरेको बताएका छन्।

प्रवेश गर्नेहरुमा सुबास लोप्चन, वीरमान लोप्चन, पूर्णबहादुर लोप्चन, बुद्धमान लोप्चन तामाङ, कान्छा विर लामा, सुरेश लोप्चन, बुद्ध गाेले, शंखर लोप्चन, रोशन स्याङ्तान, धनबहादुर स्याङतान, विरेन मोक्तान, आकाश लाेप्चन, सन्त मान लोपचन, रोशन स्याङ्तान, बद्रीबहादुर लाेप्चन, सन्त मान लोपचन, जीवन लाेप्चन, बुद्धि बहादुर स्याङतान, सुमन तामाङ, सुरेन्द्र तामाङ, सरोज खत्री, रबिन्द्र खत्री, राजेश खत्री, आकाश डिम्डुङ, दिलबहादुर घलान, अाहलाल थोकर लगायत छन्। उनीहरुले पार्टी प्रवेश गर्न भारदेउबाट बस नै रिजर्भ गरेर कुपण्डोलमा आएका थिए।

नवप्रवेशीहरुलाई माननीय अर्थ राज्यमन्त्री उदय शमशेर राणाले आफ्नै नीजि निवास कुपण्डोलमा खादा र अबिर लगाएर स्वागत गरेका छन्। नेपाली कांग्रेस भारदेउ इकाई परिवारले बुधबार आयोजना गरेको कार्यक्रममा प्रवेशी साथी हरु लाई स्वागत गर्दै मन्त्री राणाले वाम गठबंधन एक ठाउँमा हुँदैमा कांग्रेस नडराउने बताउनुभयो। 'संविधान निर्माणका लागि मलार्इ मतदाताले पठाएका थिए, मैले त्यो जिम्मेवारी पूरा गरे। अब यो क्षेत्रको विकासका लागि म सक्रिय भएर लाग्नेछु।'  उहाँले बताउनुभयो।वहाँले यसपटक पनि ललितपुरका नौवटै स्थानमा जित हासिल गर्ने बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मथुरा प्रसाद घिमिरे, नेता ऋषिराम घिमिरे, क्षेत्रीय सभापति राजन घिमिरे, जिल्ला सदस्य सानु कान्छा मोक्तान, क्षेत्रीय सदस्य जयराम तिमल्सिना, भारदेउ इकाई सभापति दिपक मोक्तान, स्थानीय तरुण नेता अमर मोक्तान लगायत थुप्रै नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

स्थानीय तहको निर्वाचनमा कोन्ज्योसोम गाउँपालिकामा नेपाली कांग्रेसले थोरै मतले हार व्यहोर्नुपरेको थियो। यस क्षेत्रमा एमाले माओबादी केन्द्र परित्याग गरी थुप्रै नेता कार्यकर्ता काँग्रेसमा आउन चाहेको नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर एकका क्षेत्रीय सचिव सुन्दर मान थिङले बताउनुभयो। उहाँले क्षेत्रले छिट्टै कार्यक्रमको आयोजना गरी वहाँहरुलाई कांग्रेसमा प्रवेश गराउने तयारी भइरहेको बताउनुभयो।