सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

भारतीय फुटबल टिम आज नेपाल आउने

प्रकाशित समय: सोमवार, ०९ : ४८ बजे भदौ १४ गते



भारतीय फुटबल टिम आज नेपाल आउने

काठमाडौं, १४ भदौ।मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज नेपाल आउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतीय टिम आज दिउँसो नेपाल आईपुग्ने जनाएको हो । मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ । भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल भदौ १७ र २०  मा हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।