काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर गुल्शन झासहित जितेन्द्र मुखिया र सिद्धान्त लोहनीले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट काठमाडौं किङ्स-११ बाट खेल्ने भएका छन् ।
काठमाडौं किङ्स-११ ले सामाजिक सन्जाल मार्फत गुल्शन, जितेन्द्र र सिद्धान्तलाई अनुबन्ध गरेको जनाएको हो । गुल्शन पहिलो पटक राष्ट्रिय टिममा पर्दै हाल लिग टु सिरिजका लागि ओमानमा छन् । गुल्शनले यसअघि नेपाल पुलिसबाट घरेलु क्रिकेट खेलेका थिए ।
यस्तै ब्याट्सम्यान सिद्धान्त भने हाल राष्ट्रिय टोली बाहिर छन् । आर्मीका फास्ट बलर जितेन्द्रलेसमेत यो पटक काठमाडौंबाट खेल्नेछन् । जितेन्द्रलेसमेत राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् ।
राष्ट्रिय टिमकै लेगस्पीनर सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं किङ्स-११ ले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ ।
प्रतियोगिता असोज ९ बाट २३ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । जसमा ६ फ्रेन्चाइज टोलीको सहभागीता रहेको छ । बिराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोज याे प्रतियोगिता खेल्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ