सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

राप्रपाका प्रदेश ३ का इन्चार्ज बाबुकाजी एमालेमा प्रवेश

प्रकाशित समय: बुधवार, ०३ : ५४ बजे आश्विन १८ गते



राप्रपाका प्रदेश ३ का इन्चार्ज बाबुकाजी एमालेमा प्रवेश

ललितपुर १८,असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर ३ का इन्चार्ज बाबुकाजी प्रदान एमालेमा विलय भएका छन्। यस अघि माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी भएको भए पनि हिजो भएको सहमति पछि उनी एमालेमा प्रवेश गरेका हुन्। बडादसैँ दीपावली नेपाल सम्वत् र छठ पर्वको अवसरमा एमाले ललितपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीसँग टीका लगाई पार्टी प्रवेश गरेका हुन्। उनीसँगै रा प्र पा माओबादी केन्द्रका थुप्रै कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् । प्रधान स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एमाले सँग तालमेल गरी राप्रपाबाट उप मेयर पदमा उम्मेदवारी दिएका थिए। तर उनी पराजित भए । नेपाली कांग्रेसकी गीता सत्यालले १९ हजार ८ सय १९ मत प्राप्त गरि विजयी भएकी थिइन्। उनले १० हजार ५ सय ४७ मत प्राप्त गरेका थिए । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट दिने आश्वासन पाएपछि एमालेमा प्रवेश गरेको उनी निकट कार्यकर्ताले बताएका छन्। तर एमालेले उनलाई उम्मेदवार बनाउला किन नबनाउला त्यो भने हेर्न बाँकी छ।