वीरगंज १६ भदौ,नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले एमालेले संबिधान संशोधन पास हून नदिएर तराई-मधेसका जनताको अधिकार खोस्न लागी परेको बताउँनूहूँदै यो स्थानिय निर्वाचनमा तराई-मधेसबाट एमाले बढारिने बताउँनूभएको छ।एमालेको उग्रराष्ट्रबाद र मधेसी मोर्चाको उग्रमधेसबादको नाराले देशलाई जातिय द्धन्दमा धकेल्न लागेको बताउँनूहूँदै यि दूवै पार्टी अतिबादी भएको समेत बताउँनूभयो।बाढीले मधेस डूब्दा र मधेसीको दूखमा समेत राजधानी छोड्न नसक्ने मधेसी मोर्चाका नेताले कूनैपनी हालतमा मधेस र मधेसी जनताको पक्षमा काम गर्न नसक्ने बताउँनूहूँदै उनीहरूले मधेसका जनतालाई सधै सत्ताको प्राप्तीको साधन मात्र बनाएको बताउँनूभयो।
नेपाली काँग्रेस बिरगंज महानगरपालिका वडा नं-२२ ले जगन्नाथपूरमा आयोजना गरेको "चूनावी सभा एवं पार्टी प्रवेश कार्यक्रम" लाई संबोधन गर्नूहूँदै डा कोईरालाले तराई-मधेसमा एमाले र मधेसी पार्टीहरूले बिस्वास गूमाईसकेको बताउँनूहूँदै प्रदेश नं-२ मा नेपाली काँग्रेस पहिलो पार्टी बन्न बाट कसैले रोक्न नसक्ने पनी बताउँनूभयो।उक्त कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा),संघिय समाजबादी,नेकपा एमाले,माओवादी केन्द्र,राप्रपा,जिल्ला एवं गाउँ तहका जना १ सय ८१ नेता एवं मधेस आन्दोलनमा शहादत प्राप्त गरेका दिलिपकूमार चौरसियाका बूवा र दाई नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। नव प्रवेशीहरूलाई डा कोईरालाले टिका र माला लगाएर स्वागत गर्नूभएको थियो।कार्यक्रममा बिरगंज महानगरपालिकाका मेयरका उम्मेदवार अजय दूवेद्धी,सांसद राजेन्द्र अमात्य,काँग्रेस नेत्रृ शान्ती कार्की लगायतले मन्तब्य राख्नूभएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ