सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

ललितपुरले गर्यो पत्रकार महासंघ लाई सम्मान

प्रकाशित समय: शुक्रवार, ०८ : २१ बजे भदौ १६ गते



ललितपुरले गर्यो पत्रकार महासंघ लाई सम्मान

ललितपुर, १६ भदौ । नेपाल पत्रकार महासङ्घ ललितपुरले अाज नवनिर्वाचित  पत्रकार केन्द्रीय समितिलाई सम्मान गरेकोे छ । साे अवसरमा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले संविधान  कार्यान्वयनले पत्रकारको हकहित सुनिश्चित हुने बताउनुभयो । स्थानीय निकायमा पत्रकार महासङ्घ गठन भएमा अझ पारदर्शी किसिमले स्थानीय क्षेत्रमा काम हुनेमा उहाँको जाेड रहेको थियो । पत्रकारको कलम सधैं निष्पक्ष रुपमा चल्नु पर्नेमा उहाँले जाेड दिनुभयो । महासङ्घले नगरप्रमुख महर्जनलाई समेत सम्मान गरेकाे छ ।   महासङ्घका अध्यक्ष गाेविन्द अाचार्यले पत्रकारको सुरक्षा तथा हकहित का लागि सधैं एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । साना सञ्चार माध्यमकाे हितमा सधैं लाग्ने उहाँको प्रतिबद्धता थियोे । राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली अाचार्यले पत्रकारिता व्यवसायीकरण र सुदृढीकरण हुनुपर्नेमा जाेड दिनुभयो । साे अवसरमा ललितपुरबाट पत्रकारिता गर्नुभएका अग्रज पत्रकार प्रभुनारायण बस्नेत, माधव नेपाल, अाेपेन्र्द शर्मा, डिल्ली अाचार्य, अष्टमान महर्जन र बटुककृष्ण कार्कीलाई समेत सम्मान गरिएको अध्यक्ष ज्ञानप्रसाद पौडेलले बताउनुभयो । फोटो-साहिला तामाङ