सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १४ बैशाख २०८३ / Monday, 27 April 2026

पत्रकारलाई सम्मान सँगै पुस्तक विमोचन

प्रकाशित समय: बिहिवार, ०६ : १८ बजे भदौ १५ गते



पत्रकारलाई सम्मान सँगै पुस्तक विमोचन

भदौ १५ काभ्रेपलान्चोक।  साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउँदै आउको शव्दयात्रा प्रकाशनले एक कार्यक्रमका वीच विभिन्न विद्याका छ पत्रकारहरुलाई सम्मान गरिएको छ ।

बनेपामा आयोजित एक कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरिएको हो । आध्यात्मिक पत्रकारिता सम्मानबाट रेडियो नेपालमा लामो समयसम्म धार्मिक कार्यक्रम सञ्चालन गर्नुभएका पत्रकार पुरुषोत्तम सापकोटा र नेपालभूमि स्तम्भकार सम्मानबाट लामो समयसम्म छापा पत्रकारिता गर्नुभएका कैदीलाई सम्मान गरिएको छ ।त्यसै गरी फोटो पत्रकारिता सम्मान फोटो पत्रकार वसन्त चित्रकार र साहित्यिक पत्रिका सम्मान रामप्रसाद पन्तद्वारा सम्पादित ‘दायित्व’ द्वैमासिक पत्रिकालाई प्रदान गरिएको छ । त्यस्तै जिल्लाकाको क्रियाशिल पत्रकारिता गरेकोमा गोरखापत्र काभ्रे समाचारदाता मधुसुधन तिमल्सिना र नयाँपत्रिका समाचारदाता राजकुमार गोलेलाई काठमाडौ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेश शर्माले सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न लेखकका पुस्तकहरु सार्वजानिकीकरण गरिएका थिए । गणेशबहादुर खत्रीद्धारा लिखित परिवर्तित पाइला नाटक, मुकुन्दप्रसाद उपाध्यायद्धारा लिखित वेदान्तशिरोमणि एक संस्मरण लेखसङ्ग्रह, श्रीधर प्याकुरेलद्धारा लिखित मञ्जुश्री ज्योतिषकाव्य, टेकलाल भारतीद्धारा लिखित अभियान नाटक सार्वजनिकीकरण गरिएको हो । त्यस्तै गरी भवानी पाण्डेद्धारा लिखित हाम्रो बालक्लव बालनाटक, कृष्णमणि कुइँकेल र हरी मञ्जुश्रीद्धारा लिखित लघु उपन्यास, कल्याण लम्सालद्धारा लिखित कल्याण ब्रुवन्तु कवितासङ्ग्रह र पदमनाथ ढुङ्गाना र शारदा शर्माद्धारा लिखित शब्दयात्रा प्रकाशनको छ बर्ष नामक पुस्तक केयुका संस्थापक उपकुलपति शर्मा, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जू, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना लगायतले संयुतm रुपमा पुस्तक सार्वजानिकीकरण गर्नुभएको थियो ।