काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत खड्काले सन्यास लिएको घोषणा गरेका हुन् ।
नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना भने अझैँ बामे सर्दै गरेको उल्लेख गरेका छन् । ‘मैदानभित्रका बितेका २० वर्ष जीवन रहुन्जेल मीठो यादका रूपमा रहनेछन् । हामी सबै मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन सक्छौँ भन्ने विश्वास लिएको छु ।’ खड्काले लेखेका छन् ।

लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ