सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

उदय मन्त्री हुदाँ ललितपुरमा खुशी

प्रकाशित समय: मगलवार, ०६ : ३५ बजे भदौ ६ गते



उदय मन्त्री हुदाँ ललितपुरमा खुशी

ललितपुर, ६ भदौ । संविधान सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. १ का जनताको मन जित्न सफल सांसद अन्तत राज्यमन्त्री भएका छन् । पहिलो संविधान सभाको निर्वाचनमा थोरै मतले हार व्यहोरेका सांसद उदय शम्शेर राणाले दोस्रो संविधान सभाको निर्वाचनमा १८५६० मत प्राप्त गरि विजय भएका थिए । उनका निकटम प्रतिद्धन्दी मधुसुदन पौडेल १०६८२ मत मात्र पाएका थिए ।

दोस्रो संविधान सभा निर्वाचनमा तिनवटै क्षेत्र जितेको काँग्रेसले आफ्नो पार्टी सरकारमा भएर पनि मन्त्री नपाउँदा कार्यकर्ता दुखि थिए । तर प्रधानमन्त्री शेर ब. देउवाले मंगलबार मन्त्री परिषद् विस्तार गर्दा राणालाई अर्थ राज्यमन्त्री बनाएका छन् । राज्य मन्त्रीमा क्षेत्र नं २ बाट निर्वाचित सांसद चन्द्र महर्जनको नाम चर्चामा आएपनि अन्तिममा आएर राणा अर्थ राज्य मन्त्र बनेका हुन् । २०५८ साल पछि पटक पटक कांग्रेस सरकारमा भएपनि ललितपुरले मन्त्री परिषद्मा भाग लिन पाएको थिएन । यता ललितपुरमा राणा मन्त्री भएपछि ललितपुरका नेता कार्यकर्ता खुशी भएका छन् । सामाजिक संजाल मार्फत मन्त्री राणालाई बधाई दिने देखि उनकै निजि निवास ल.पु.म.पा. वडा नं. १ कुपण्डोलमा बधाई दिन आउनेको घुईचो लागेको छ ।

सांसद हुदाँ देखि विकासको लहर ल्याउन सफल राणा अर्थ राज्य मन्त्री भएकाले ललितपुरको मुहार फेरिने नेता कार्यकताले बताएका छन । २०६४ को निर्वाचनमा क्षेत्र नं. १ बाट विजय भई अर्थमन्त्री भएका माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले फुल मन्त्री हुँदा समेत ललितपुरलाई ध्यान नदिएको माओवादीकै कार्यकर्ता बताउछन् । अहिले पुन क्षेत्र नं. १ ले अर्थ राज्य मन्त्री पाएकोले मन्त्री राणाको काम हेरेर प्रतिक्रिया दिने उनीहरुको भनाई छ ।