ललितपुर,नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाको पहलमा गोदावरी नगरपालिका र बागमती गाउँपालिकाका विभिन्न वडामा खाद्य सामग्री वितरण गरिएको छ।
नेता राणाको पहल र समाजसेवी मुकुन्द बिष्टको विशेष समन्वयमा चु जी फाउन्डेसन, ताइवानले कोभिड -१९ बाट प्रभावित जनतालाई खाद्य सामग्री उपलब्ध गराएको हो।
फाउण्डेसनको आर्थिक सहयोगमा उपलब्ध खाद्य सामग्री गोदावरी नगरपालिकाको वडा नम्बर ७ देविचौरका पुरै वडाबासी, वडा नं ११ मूलडोलको ९८ घरधुरीलाई उपलब्ध गराइएको छ।
त्यस्तै बागमती गाउँपालिकाको वडा नम्बर ३ भट्टेडाँडा, वडा नम्बर ४ प्युटार,वडा नम्बर ५ इकुडोल र वडा नम्बर ७ गिम्दीका पुरै घरधुरीलाई खाद्य सामग्री उपलब्ध गराइएको छ। त्यस्तै कोन्ज्योसोम गाउँपालिकाको वडा नम्बर १ चौघरेका ५३ घरधुरीलाई समेत खाद्य सामग्री उपलब्ध गराइएको छ। खाद्यसामग्रीमा चामल २५ केजी,आँटा १० के जी,दाल १ के जी, नुन १ पाकेट,तेल १ लि.,चना १ के जी,चिनि १ के जी र साबुन ४ पिस रहेको छ।
फाउन्डेसनले गोदावरी, कोन्ज्योसोम, बागमती गरेर करिब ४ हजार घरधुरीलाई खाद्य सामग्री उपलब्ध गराएको छ। गत वर्ष कांग्रेस नेता राणाकै पहलमा चु जी फाउन्डेसनले महाङ्काल गाउँपालिका, बागमती गाउँपालिका, र कोन्ज्योसोम गाउँपालिकाका करिब ४५०० घरधुरीलाई खाद्य सामग्री उपलब्ध गराएको थियो।
फाउन्डेसनले बागमती गाउँपालिकाको पालिका स्तरीय अस्पताललाई भेन्टिलेटर, डिजिटल एक्सरे मेसिन सहित अन्दाजी ३५ लाख बराबरको स्वास्थ्य सामग्री समेत सहयोग गरेको छ।
खाद्य सामग्री वितरण कार्यक्रमअन्तर्गत आज गोदावरी नगरपालिका वडानम्बर ७ देवीचौर मा गरिएको थियो।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एबं पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, चु जी फाउन्डेसन का भोलेन्टियर मुकुन्द बिष्ट,नेपाली कांग्रेसका महासमिति सदस्य एवम् नेपाली काँग्रेस खेलकुद बिभाग सचिव मीन कृष्ण महर्जन, गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष गिरीप्रसाद तिमल्सिना, नेपाली काँग्रेस ललितपुरका जिल्ला सदस्य एवं गोदावरी प्रतिनिधि पुरुषोत्तम सिलवाल, जिल्ला सदस्य प्रभाकर पोखरेल, फाउन्डेसनका भोलिन्टियर ऋषिदेव फुयाँल, ज्ञान बहादुर लो, रमेश प्रसाद घिमिरे, क्षेत्र नं १ का क्षेत्रीय सचिव मथुरा शर्मा बजगाईं लगायतको उपस्थिति रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ