मान्मा, १७ साउन।कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
आज बिहान १०ः०० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
“सडक विभाग तथा स्थानीय तहयसँग समन्वय गरी राजमार्ग खुलाउने पहल भइरहेको छ”, उहाँले भन्नुुभयो, “आज साँझसम्म राजमार्ग खुलाउने तयारी भएको छ ।” राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत तथा नेपालगञ्ज आउने र सुर्खेतबाट जुम्ला जाने मालबाहक सामान बोकेका ट्रक तथा यात्रु बोकेका सवारी साधन अलपत्र परेका स्थानीयवासी स्थानीय राजबहादुर मल्लले जानकारी दिनुभयो ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ