सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

टोकियो ओलम्पिक : गौरिकाले बनाईन् राष्ट्रिय कीर्तिमान

प्रकाशित समय: बुधवार, ०५ : १९ बजे श्रावण १३ गते



टोकियो ओलम्पिक : गौरिकाले बनाईन् राष्ट्रिय कीर्तिमान

काठमाडौँ, १३ साउन । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

 

हिट चरणमा गौरिकाले १:००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । यस अघि गौरिकाको नाममा १:००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

 

गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।