सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

काभ्रेमा म्यादी प्रहरीको संघर्ष समिति

प्रकाशित समय: शनिवार, ०९ : १८ बजे भदौ ३ गते



काभ्रेमा म्यादी प्रहरीको संघर्ष समिति

नवराज सापकोटा भाद्र ३,धुलिखेल । स्थानिय निर्वाचनका लागि सुरक्षा निकायको सहयोगार्थ खटिएका म्यादि प्रहरीले काभ्रेमा पनि संर्घष समिति गठन गरेका छन् । भक्तपुर जिल्लाका म्यादि प्रहरी संघर्ष समितिको  उपस्थितिमा धुलिखेलमा भएको भेलाले उक्त समिति गठन गरेको हो । कुवेर घिमिरेकोे अध्यक्षतामा ११ सदस्यीय समिति निमार्ण गरिएको छ । समितिको उपाध्यक्ष सविता श्रेष्ठ, सचिव बाशु भारती, सह सचिव सजना के.सी कोषाध्यक्ष रमेश बजागाई, सदस्यहरुमा शिशीर सापकोटा, राजकुमार सापकोटा, शिव शरण बञ्जारा, रामकुमार पण्डित , सविना सापकोटा र शिका विश्वकर्मा रहेका छन् । समितिको सल्लाहाकारहरुमा कृष्ण प्रसाद तिमल्सिना र चेतनाथ तिमल्सिना रहेको जानकारी प्राप्त भएको छ ।सुरक्षा क्षेत्रमा आफुहरुले पु¥याएको योगदान,आफुहरुको योग्यता र अनुभव समेतलाई ख्याल राखी म्यादी प्रहरीलाई सरकारी दरबन्दी श्रृजना गरी सेवामा निरन्तरता दिइनुपर्ने उनीहरुको माग छ । राज्य संघियतामा प्रवेस गरेको छ । प्रदेश तथा स्थानिय तहमा प्रहरीको आवश्यकता पर्ने नै भए पछि म्यादी लाई नै ती दरबन्दीमा समायोजन गर्नुंपर्छ भन्ने हाम्रो माग हो । हामी कुनै सडक आन्दोलन गर्दैनौ । शान्तिपुर्ण मागबाट हामी उद्देश्य पूरा गर्छौ । काभ्रे संघर्ष समितिका सल्लाहाकार समेत रहेका कृष्ण तिमल्सिनाले बताए ।