काठमाडौं, ८ साउन । बाग्मती प्रदेशका यतायात सम्बद्ध कर/राजस्व आजदेखि विद्युतीय माध्यमबाट बुझाउन सकिने भएको छ । यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट आज एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ–वालेट र एपबाटै तिर्न सकिने छ । ब्लुबुक नवीकरण लगायतका कामका लागि राजश्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हट्ने पनि उहाँको भनाइ छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ । प्रणालीबाटै तिर्न बाँकी कर लगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिने छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ