विराटनगर,२२ असार।नेकपा माओवादी केन्द्रको अवरोधका कारण लगातार अवरुद्ध हुँदै अएको प्रदेश १ प्रदेशसभा बैठक मंगलबारदेखि सुचारु भएको छ ।
मंगलबारको बैठकमा माओवादी केन्द्रको मागलाई सम्बोधन गर्दै सभामुख प्रदीपकुमार भण्डारीले मन्त्रीले सांसदमाथि लान्छित गरेर बोलेको रेकर्ड हटाइने जानकारी दिएपछि बैठक सुचारु भएको हो । प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै मन्तव्य दिनुभएको थियो । यसपछि माओवादी केन्द्रले मन्त्रीले आफ्नो बोली फिर्ता लिँदै माफी माग्नु पर्ने र संसदको रेकर्डबाट भाषण हटाउनु पर्ने माग गर्दै आएको थियो । बैठकमा सभामुख भण्डारीले प्रदेशसभामा मर्यादित भाषा प्रयोग गराउन सचेत पनि गराउनुभयो ।
संसद् बैठक बस्नुअघि प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । त्यसलगत्तै दलका नेताहरुबीच भएको छलफलले सदन सुचारु गराउने सहमति भएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ