सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

दुई दिनदेखि व्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

प्रकाशित समय: शुक्रवार, ०६ : १६ बजे बैशाख ३१ गते



दुई दिनदेखि व्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार


काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 


माप्यदुधकोशी गाउँपालिका–१ जुभिङकी २६ वर्षीया सुस्मिता राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिनुभयो । 


उहाँका अनुसार गर्भवतीलाई ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत उद्धार गरी काठमाडौँको प्रसूति गृह अस्पताल, थापाथली लगिएको हो । 


दुईदिन देखि सुत्केरी ब्यथा लागेकी राईलाई माप्यदुधकोशीको बासा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि थप उचारका लागि पठाइएको हो ।