सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

प्रकाशित समय: आइतवार, ०८ : ०३ बजे बैशाख २६ गते



गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

पाेखरा,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिनुभएको हो । भोलि सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची रहेको छ । उहाँले आज नै राजीनामा दिनु भएको हाे । उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ । साथै अर्काे व्यबस्था नभएसम्मका लागि काम चालउन र संविधानकाे धारा १६८ काे उपचार (२) अनुसार तीन दिन भित्र सरकार गठनका लागि आव्हान गर्नु भएकाे छ ।