ललितपुर,बागमती गाउँपालिकाले अक्सिजन सहितको १५ शय्याको अस्थायी कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।
दक्षिण ललितपुरमा रहेको बागमती गाउँपालिकाले पालिकाभित्रका २ स्थानमा अक्सिजनको व्यबस्था सहितको कोभिड अस्थायी अस्पताल बनाउने निर्णय भएको गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पालिकामा आज बसेको स्वास्थ्य समितिको बैठकले यस्तो निर्णय गरेको उनले बताए।
उनका अनुसार गाउँपालिकाले वडा नं. ४ प्युटारको थाङ्सिङ्टारको पालिका स्तरिय अस्पतालमा १० बेड र वडा नं. ३ भट्टेडाँडामा रहेको पुरानो कृषि कार्यालयमा ५ बेडको कोभिड अस्पताल वनाउन लागेको हो।
उपत्यकाका अस्पतालहरुमा बेडको अभाब हुदै गएको र गाउँपालिका भित्रका कोभिड संक्रमित बिरामीको उपचार सहज होस् भनेर अस्थायी कोभिड अस्पताल निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले बताए । यी दुवै अस्थायी कोभिड अस्पतालमा एक जना डाक्टर, एक जना नर्स र एक जना एचए स्टाफ रहने व्यवस्था गरिएको लोप्चनले बताए। साथै उनले अस्थायी अस्पताल एक हप्ता भित्र सञ्चालनमा ल्याइने पनि जानकारी दिए ।
गाउँपालिकाले कोभिड संक्रमित बिरामीको लागि छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याइने समेत जानकारी दिएको छ। अहिले बागमती गाउँपालिकाको व्यवस्थापनमामा दुइ वटा एम्बुलेन्स सञ्चालनमा छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ