सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना, पाँचको मृत्यु

प्रकाशित समय: मगलवार, ०६ : ५० बजे बैशाख २१ गते



बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना, पाँचको मृत्यु

बैतडी । जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको  छ । 

 

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी,  २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र  जिप चालक तेजबहादुर बोहरा छन् ।


  
जिप चालक बोहराको उपचारको लागि अस्पताल ल्याउँदैै गर्दा मुत्यु भएको हो भने अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । 

 

दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्  । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पठाइँदैछ ।


  
पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से १ ज १८३ नं को जिप आज दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिक जिप दुर्घटना भएको हो । 

 

सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको उक्त जिप दुर्घटनामा परेको हो ।


  
जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । 

 

साँघुरो घुम्तीमा मोड्नेक्रममा ब्याक गर्दा जिप दुर्घटनामा जिल्ला प्रहरीले जनाएको छ ।