सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

जम्मू–काश्मीरमा विद्यार्थीद्धारा कृषीमा उपयोगी ड्रोनको निमार्ण

प्रकाशित समय: मगलवार, १० : ५५ बजे चैत्र १० गते



जम्मू–काश्मीरमा विद्यार्थीद्धारा कृषीमा उपयोगी ड्रोनको निमार्ण

उधमपुर । जम्मू–काश्मीरको उधमपुरमा युवा विद्यार्थीले कृषी क्षेत्रमा उपयोगी ड्रोन उपकरण निमार्ण गरेका छन्। कम्प्युटर विज्ञान बिषय अन्तिम सत्रमा अध्ययनरत बिधार्थी उमन कार्लाले कृषी क्षेत्रमा उपयोगी ड्रोन निमार्ण गरेका हुन्। आर्टिफिसियल इन्टेलीजेन्स तथा भौतिक समान पत्ता लगाउने आईओटी सेन्सर जस्ता उपकरणबाट उनले ड्रोन निर्माण गरेका हुन् । 

 

ड्रोनले कृषी बालीमा देखा परेका समस्या पत्ता लगाउने उनले बताए । कतिपय अबस्थामा कृषी बालीको समस्या पहिचान गर्न नसक्दा पनि किसानले घाटा बेहोर्नुपर्ने अबस्था रहेको उनले बताए । यो ड्रोनले कृषी बालीमा समस्या पहिचान गरी आधुनिकिकरण गर्ने उनले बताएका छन् । उनले कलेजका समकक्षीहरुसँग यसअघि पनि यस्तै प्रविधिबाट नमुना उपकरणहरु निर्माण गरेको बताए । 

 

यो ड्रोनले कृषीमा ओस, तथा मलको प्रयोग पत्ता लगाउने साथै बालीको समेत अनुमान गर्न सक्ने उनले दाबी गरे । यो उपकरणको प्रयोगले बाली बढ्ने भएकोले किसानहरु उत्साहित हुने उनले बताए । स्रोत: एम् डेलीहन्ट