सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

नेपाल निजामती कर्मचारी युनियन ललितपुरको नवौं जिल्ला अधिवेशन पौष ५ गते हुँदै

प्रकाशित समय: शनिवार, ०८ : २० बजे मंसिर २२ गते



नेपाल निजामती कर्मचारी युनियन ललितपुरको नवौं जिल्ला अधिवेशन पौष ५ गते हुँदै

ललितपुर,नेपाल निजामती कर्मचारी युनियन ललितपुरको नवौं जिल्ला अधिवेशन आगामी पौष ५ गते जिल्ला बार एशोसिएशनको हल, लगनखेलमा  हुने भएको छ ।कर्मचारी युनियन जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति र स्थान तय गरेको हो । 

 

कर्मचारी युनियन ललितपुर अध्यक्ष चिरन्जीवी लामिछानेका अनुसार नवौं अधिवेशनको सञ्चालन गर्न ललितपुर जिल्ला स्थित रहेका सम्पूर्ण कार्यालयहरुबाट २०८१ मंसीर २७ गते भित्र प्राथमिक कार्यसमिति गठन गरी जिल्लामा पठाउने निर्णय बैठकले गरेको छ । 

 

सचिव सन्तोष पौडेलका अनुसार क्रियाशिल र साधारण सदस्यता वितरण र नविकरणको काम भईरहेको र आगामी जिल्ला अधिवेशनले १ अध्यक्ष, ३ उपाध्यक्ष (खुला, महिला, समावेशी), १ सचिव, १ सहसचिव (युवा), १ कोषाध्यक्ष, जिल्ला भित्रका स्थानीय तह कार्यसमितिका अध्यक्षहरु पदेन सदस्य, अन्य सदस्यहरुमा ५ खुल्ला, २ श्रेणी विहिन, २ महिला, २ समावेशी, १ मनोनित सहित २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने बताए।