काठमाडौं,ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वयंमसेवक कोषमा ललितपुर महानगरपालिकाले ९ लाख रकम जम्मा गर्ने बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस–२०८१ कार्यक्रममा उनले महानगरपालिकाले यही वर्ष स्वयंमसेवक कोषमा ९ लाख थप्ने भन्दै यसको व्यवस्थापन हुने बताए ।
उनले भने, ‘तपाईहरुले स्वयंम सेवक कोषको कुरा गर्नु भएको छ, यसमा तपाईहरुको योगदान ९ लाख रुपैयाँ भईसकेको छ । त्यसमा महानगरपालिकाले यही वर्ष त्यो कोषमा ९ लाख थप्ने काम गर्छौ । यो मैले बोलेको कुरा हो । यसको व्यवस्थापन हुन्छ ।’
यस्तै, उनले कार्यक्रममा सबैले स्वयंम सेवकहरुको कुरा उठाएको भन्दै सो विषयमा महानगरपालिका संवेदनशिल रहेको बताए ।
उनले भने, ‘आजको कार्यक्रममा सबैले महानगरपालिकाले स्वयंम सेवकहरुलाई हेर्नुपर्ने कुरा राख्नु भएको छ । यो विषयमा हामी निकै संवेदनशिल छौ । हामी यसमा लाग्छौ हामीले केही नयाँ अध्याय सुरु गर्छौ ।’
ललितपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा कायापलट हुने गरि काम गर्न सक्ने र गर्नुपर्ने पनि उनको भनाई छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वयंमसेवक कोषमा ललितपुर महानगरपालिकाले ९ लाख रकम जम्मा गर्ने बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस–२०८१ कार्यक्रममा उनले महानगरपालिकाले यही वर्ष स्वयंमसेवक कोषमा ९ लाख थप्ने भन्दै यसको व्यवस्थापन हुने बताए ।
उनले भने, ‘तपाईहरुले स्वयंम सेवक कोषको कुरा गर्नु भएको छ, यसमा तपाईहरुको योगदान ९ लाख रुपैयाँ भईसकेको छ । त्यसमा महानगरपालिकाले यही वर्ष त्यो कोषमा ९ लाख थप्ने काम गर्छौ । यो मैले बोलेको कुरा हो । यसको व्यवस्थापन हुन्छ ।’
यस्तै, उनले कार्यक्रममा सबैले स्वयंम सेवकहरुको कुरा उठाएको भन्दै सो विषयमा महानगरपालिका संवेदनशिल रहेको बताए ।
उनले भने, ‘आजको कार्यक्रममा सबैले महानगरपालिकाले स्वयंम सेवकहरुलाई हेर्नुपर्ने कुरा राख्नु भएको छ । यो विषयमा हामी निकै संवेदनशिल छौ । हामी यसमा लाग्छौ हामीले केही नयाँ अध्याय सुरु गर्छौ ।’
ललितपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा कायापलट हुने गरि काम गर्न सक्ने र गर्नुपर्ने पनि उनको भनाई छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ