सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

संस्थागत विद्यालय बन्द हुन्छन् , मन्त्री वास्कोटा

प्रकाशित समय: बुधवार, ०७ : ४४ बजे माघ ९ गते



संस्थागत विद्यालय बन्द हुन्छन् , मन्त्री वास्कोटा

काभ्रे । सूञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयलाई सुधार गराएर संस्थागत विद्यालय बन्द गराइदिने बताएका छन् ।

 

शिक्षाको व्यपारिकरण सदाका लागि बन्द गर्न लागिपरेको बताउँदै मन्त्री बास्कोटाले नयाँ संस्थागत विद्यालय खोल्न नसक्ने वातावरण सृजना गर्नुपर्ने बताए ।

 

जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ४ मा रहेको श्री महाकाली माध्यमिक विद्यालयमा भवन शिलान्यास ५८ औं वार्षिकोत्सव, पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बतााएका हुन ।

 

शिक्षकहरु राजनीतिक दलको कार्यक्रममा सहभागी भएर गुणस्तरीय शिक्षाको कल्पना गर्न नसकिने बताउँदै उनले शिक्षकका लागि राजनीतिको ढोका बन्द गर्ने बताए ।